लोकतान्त्रिकको हेटौंडा १३ पदमपोखरीमा घर दैलो र कोणसभा

Posted on: 27 Nov, 2017

मंसीर ११, मकवानपुर । लोकतान्त्रिक गठबन्धनको हेटौंडा १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा कोणसभा र पदमपोखरी को विभिन्न स्थानमा घर दैलो कार्यक्रम भएको छ । 

लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पती  सहित विभिन्न टोलटोलमा पुगेर मतदातासँग लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।   

घरदैलो पछि  पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा  भएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले मकवानपुरको विकासको र १५ बर्ष लामो बामपन्थीहरुको नक्कली विकासे एजेन्डाको अनत्यकालागी लोकतान्त्रिक पक्षधरहरुलाई भोट दिन आग्रह गर्नुभयो । यस्तै राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले बाम गठबन्धनले मकवानपुरे जन्तालाई विकासको ढोङ् रचेर भ्रममा राखेको भन्दै  मकवापुरमा  लोकतान्त्रिकको जित अपरिहार्य रहेको बताए  । 


कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपी लाल विक, काँग्रेस नेतृ उमा दाहाल, काँग्रेस प्रवक्त प्रदिप कोईराला, लोकतान्त्रिक गठबन्धन १३ नम्बर प्रचार प्रसार संयोजक बिष्णु थिङ् लगायत टोल प्रचार प्रसार समिति सहित गठबन्धनमा आवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । घरदैलो र कोणसभा कार्यक्रम मार्फत काँग्रेस नेता चम्फु रत्न लामाले मतदाता शिक्षा दिएका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!