कालीकोटमा ५७ प्रतिशत मतदान, मतपेटिका हेलिकोप्टरबाट ल्याइयो

Posted on: 27 Nov, 2017

दलसिंह गिरी/मंसिर ११, कालीकोट  । आइतबार सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा कालीकोटमा ५३ प्रतिशत मतदान भएको छ । 

कालीकोट जिल्लाको कूल मतदाता ६४ हजार ९ सय ६१ रहेकोमा आइतबार ३७ हजार १ सय १३ जनाले मात्र मतदान गरेको कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

आइतबार जिल्लाका ९९ मतदान स्थलमा रहेका १ सय ९ मतदान केन्द्रमा मतदान भएको थियो । ‘जिल्लाका सबै मतदान केन्द्रको मतदानको अवस्था हेर्दा ५७.१३ प्रतिशत मतदान भएको छ’ प्रजिअ गैरेले भने, ‘६४ हजार ९ सय ६१ कूल मतदाता रहेकोमा आइतबार ३७ हजार १ सय १३ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ५७.१३ प्रतिशत हो ।’

पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कालीकोटमा पुरुषको तुलनामा महिला मतदाताले बढी मत खसालेका छन् । पुरुषका मतदाताभन्दा झण्डै २ हजार बढी महिला मतदाता सहभागी भई मतदान गरेका नबन् ।

जिल्लामा मतदान गरेका ३७ हजार १ सय १३ जना मतदातामा १९ हजार ४ सय ७ महिला रहेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय कालिकोटले जनाएको छ । जिल्लमा १७ हजार ७ सय ६ पुरुष मतदाताले मतदान गरेको बताइएको छ ।

जिल्लामा पुरुष मतदाताहरु रोजगारीका लागि भारत लगायतका अन्य क्षेत्रमा काम गर्न गएका कारणले महिलाहरुको मत बढी खसेको हुनसक्ने जिल्ला संमन्वय समिति कालिकोटका सदस्य नेत्रबहादुर शाहीले बताए । 

‘अधिंकास पुरुष मतदाता भारतलगाएतका अन्य ठाउँमा रोजगारीका लागि गएका कारणले महिलाहरुको मतदान बढी भएको हो’ उनले भने, ‘जिल्लामा रोजगारी नहुदाँ यो समस्या आएको हो ।’

मतपेटिका हेलिकोप्टरबाट ल्याइयो

पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका सदरमुकाम ल्याइएको छ । कालीकोटका दुर्गम पलाता नरहरीनाथ, सान्नी त्रिवेणी र पचालझरना गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

नरहरीनाथ गाउँपालिकाको १३, पचाल झरनाको ४, पलाताको १३ र शानिनत्रिवेणीको २ मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमा ल्याइएको प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । ‘भौगोलिक विकटता र सुरक्षा संवेदनशिलताका कारणले मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था रहेकोले हेलिकोप्टर प्रयोग गरिएको हो’ उनले भने, ‘जिल्लाका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइ सकिएको छ ।’

पहिलो चरण अन्तर्गत कालिकोटमा आइतबार मतदान भएको थियो । सदरमुकाम आसपासका र सडक संजालको छोएका केही ठाउँको मतपत्र शनिबार राती नै सदरमुका पु¥याइएको थियो । 

पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!