तीन घेराभित्र मतपेटिका सुरक्षित, ७० प्रतिशत मत खस्यो

Posted on: 28 Nov, 2017

नन्दराम जैशी | मंसिर १२, जुम्ला । जुम्लाका ९० वटै मतदान केन्द्रबाट प्राप्त भएका सबै मतपेटिका सुरक्षित राखिएको छ । आइतबार साँझ ५ बजे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि जिल्ला सदरमुकाम ल्याईदै गरेका सबै मतपेटिका सोमबार दिउसो ३ बजेभित्र प्राप्त भइसकेका छन् । 

९० वटै मतदान केन्द्रबाट प्राप्त भएका जम्मा २ सय ७० वटा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका छन् । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले पत्रकार सम्मेलन गर्दै प्राप्त भएका सबै मतपेटिका सुरक्षित राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार राजनितिक दलका प्रतिनिधिहरुको रोवहरमा कडा सुरक्षा ब्यवस्थाका साथ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको हो । उहाँले भन्नुभयो, निर्वाचन सुरक्षा रणनिति अनुसार मतपेटिकाको कडा सुरक्षा हुनेछ । सुरक्षा ब्यवस्थामा कुनै कमजोरी हुने छैन । मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तिन घेरामा सुरक्षा दिईनेछ । जस अनुसार भित्रि घेरामा नेपाल प्रहरी, मध्य घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपालि सेनाले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार २१ गते साँझ ५ पछि मतगणना कार्य शुरु हुने भएको छ । 

मतगणना सम्पन्न नभएसम्म सुरक्षा ब्यवस्थालाई कडा पारीने बताइएको छ । भने मतपेटिकाको प्रत्यक्ष निगरानि र सुरक्षाका लागि राजनितिक दलका प्रतिनिधिहरु पनि खटिने भएका छन् ।    

७० प्रतिशत मत खस्यो  

जुम्लाका ७६ मतदान स्थलका ९० वटा मतदान केन्द्रबाट जम्मा ७० दशमलब ४ प्रतिशत मत खसेको छ । जम्मा ५९ हजार ५८ जना मतदाता संख्या रहेको जुम्लामा जसको ७० दशमलब ४ प्रतिशत अर्थात ४१ हजार ५ सय ८० मत खसेको हो । जसमध्ये महिला २२ हजार ७ सय १८ जना र पुरुष १८ हजार ८ सय ६२  जनाले मतदान गरेका छन् । १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्यका लागि जुम्लामा निर्वाचन भएको छ ।           

निर्वाचन शान्त, सरोकारवाला निकायप्रति धन्यबाद ब्यक्त

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले सोचेभन्दा पनि निर्वाचनलाई शान्त, मर्यादीत तथा भयरहित बातावणमा सम्पन्न गर्न भुमिका खेल्ने सबै सरोकारवाला निकायप्रति धन्यबाद ब्यक्त गर्नुभएको छ । सुरक्षा चुनौति र आम समस्याका बिच निर्वाचनलाई शान्त, मर्यादीत तथा भयरहित बातावणमा सम्पन्न गर्न भुमिका खेल्ने निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, राजनितिक दलहरु, कर्मचारी, आम मतदाता, सुरक्षाकर्मि, पत्रकार, संचारकर्मि, पर्यवेक्षक, मतदाता स्वंयमसेवक लगाएत सबै सरोकारवाला निकायप्रति प्रशासनले धन्यबाद ब्यक्त गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!