दुई नगर, आठ गाउँपालिका गरी सबै मतपेटिका आईपुग्यो दिक्तेल

Posted on: 28 Nov, 2017

चिसाङ शेर्पा/मंसिर १२, खोटाङ । जिल्लाका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका सबै ५३७ वटै मतपेटिका मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ । 

सबै मतपेटिका सुरक्षा प्रवन्धका साथमा ट्याक्टर र बसमा राखेर दिक्तेल ल्याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । 

दुरीका हिसावले टाढा र बिकट गाउँपालिका जन्तेढुंगा, खोटेहाङ, बराहपोखरी, केपीलास र दिप्रुङ गाउँपालिकाको मतपेटिका सोमबार राती ३ बजे दिक्तेल आइपुगेको हो । मतपेटिका बुझ्ने र बुझाउनेक्रममा आईतबार र सोमबार राती कर्मचारी र सुरक्षाकर्मी अनिदो परेका छन् 

दश पालिकामध्ये रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको मतपेटिका आईतबार राती तथा लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाको विभिन्न मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसो मूख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!