एकाएक बेपत्ता भएका मतदान अधिकृत सम्पर्कमा आए

Posted on: 28 Nov, 2017

बाजुरा, १२ मंसिर (रासस) | जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् । 

सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन हुनुभएको थियो । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उहाँको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । 

अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिनुभयो । मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!