कांग्रेस उम्मेदवार डिल्लीराज रेग्मीको घरदैलो कार्यक्रम जारी

Posted on: 30 Nov, 2017

शंकर के सी/मङ्सिर १४, सल्यान । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी सल्यानमा अहिले ह्वात्तै बढेको छ । 

विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

काग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रदेस क्षेत्र नम्बर २ सल्यानबाट प्रत्यक्ष उम्मेदवार डिल्लीराज रेग्मीले कपुरकोट गाउँपालिका वडाहरुमा घरदैलो गरेका छन् । वडा नम्बर १ र २ का विभिन्न टोलमा पुगेर रेग्मीले आफुलाइ जीताउन अपिल गरिरहेका छन् । 


काग्रेसको कपुरकोट गाउँपालिका स्तरिय निर्वाचन परिचालन समितीका संयोजक दुर्गा बहादुर गिरिका अनुसार आज पनि गाउँपालिकाभित्र घरदैलो गर्न बाँकी रहेका टोलमा पुगेर उम्मेदवार रेग्मीले मत माग्ने कार्यक्रम रहेको छ ।

सल्यान जिल्ला पर्यटन, कृषि, पशुपालन लगाएतका क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला भएको भन्दै जिल्लाको विकास गर्ने मौका एकपटक दिन आफुले मतदाताहरुलाइ आग्रह गरेको नेता रेग्मीले बताए । उनले भने– ‘म हाम्रो सल्यानका धेरैजसो वस्तीमा पुगेको छु, अझै पनि जनतामा धेरै कुराको अभाव छ र त्यो अभावलाइ हटाउनलाइ मैले उम्मेदवारि दिएको हुँ ।’

काग्रेसप्रतिको जनलहरले आफु उत्साहित भएको जनाउँदै रेग्मीले यसपटक आफ्नो जीत निश्चीत रहेको दाबी गरेका छन् । यस अघिको दुबै संविधानसभा निर्वाचनमा रेग्मी पराजित भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!