कपुरकोट, श्रीनगर, बागचौर, खलंगा र सल्लीबजारलाइ स्मार्ट बजारको रुपमा विकास गरिने

Posted on: 01 Dec, 2017

शंकर केसी/मङ्सिर १५, सल्यान । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सल्यानको कपुरकोट बजारलाइ तरकारि स्मार्ट बजारको रुपमा विकास गर्ने जनाएको छ ।  

व्यवस्थीत र सुनदर गाउँ, बजार बनाउनका लागी कपुरकोट लगाएत भिभिन्न बजारलाइ स्मार्ट बजारको रुपमा विकास गर्ने सल्यानमा बाम गठबन्धनको साझा प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

पहिलो चरणमा कपुरकोट सहित श्रीनगर आधुनिक औद्योगीक स्मार्ट बजार, बागचौर नमुना स्मार्ट बजार, खलंगा पुरानो स्मार्ट बजार, सल्लीबजार व्यापारिक केन्द्र स्मार्टबजार, कालिमाटी रामपुर पशुपंक्षि स्मार्ट बजारको रुपमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

पाँच वर्षमा पूर्वाधार विकास र दश वर्षमा व्यवस्थीत एकिकृत वस्ती निर्माण गरिने प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा माओवादी नेता टेक बहादुर वस्नेतले बताए । उनले विगतको संक्रमणकालिन अवस्थाको १० वर्षमा गरिने काम अवको ५ वर्षमा सम्पन्न गर्न सकिने बताए ।

उनले भने–‘कतीपयले हाम्रो प्रतिवद्धतापत्रलाइ बढि महत्वकाक्षि भनेका छन्, तर त्यसो होइन । पहिले एउटा मात्रै सरकार थियो, अव तीन वटा सरकारले काम गर्ने हो, काम छिट्टै हुन्छ । हाम्रो प्रतिवद्धता पुरा भएरै छाड्छ ।’ 

यस्तै प्रदेससभा सल्यान क्षेत्र नम्बर १ का उम्मेदवार गुलावजंग शाह र क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वालाले पनि संयुक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिउजस्तै ५ वर्षभित्रमा हरेक स्थानीय तहका सबै वडाहरुको केन्द्रमा पक्की बाटो निर्माण गर्न सम्भव रहेको दाबी गरे । सल्यानमा ८३ वटा वडाहरु रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!