वामका उम्मेदवारका प्रतिबद्धता-‘हामीलाई भोट दिनुहोस तपाईलाई पश्चताप हुनदिने छैनौँ’

Posted on: 01 Dec, 2017

मङ्सिर १५, कञ्चनपुर ।  निर्वाचनको मिति नजिकिदै जाँदा वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियान तिव्रत्तर रुपमा बस्ती, टोल तथा घरदैलो गरिरहेका छन् । 

शुक्रबार पनि वामका उम्मेदवार तथा नेता कार्यकर्ताले कञ्चनपुरका ३ वटै प्रतिनिधी सभा र ६ वटै प्रदेशका विभिन्न बस्तीहरुमा कार्यक्रम गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार त्रय बिना मगर, तारालामा तामाङ्ग र कुलबिर चौधरीले पुर्नवास, बेलौरी क्षेत्रमा कोण सभा घरदैलो गरेका छन् । 


पुर्नवासका विभिन्न वडाहरुमा घरदैलो गर्दै वामका उम्मेदवार बिना मगर र तारालामा तामाङ्गले यस क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि वाम उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता कञ्चन गिरीले पुर्नवासमा विभिन्न चरणमा वामका उम्मेदवारले चुनावी कार्यक्रम दोहो¥याई गरिसकेको बताए । उनका अनुसार पुर्नवास र लालझाँडीका पुरै वडाका कार्यक्रम सकिएको छ । 

पुनः अर्को चरणमा कार्यक्रम गरिने छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा वामका उम्मेदवारले कृष्णपुर, शुक्लाफाँटा र बेदकोटका विभिन्न वडाहरुका चुनावी कार्यक्रम गरेका छन् । 

एमाले नेता गणेश सिह ऐरीले २ वामका उम्मेदवार त्रय नर बहादुर धामी, महेश दत्त जोशी र लाल बहादुर खडकाले उक्त क्षेत्रमा चुनावी कार्यक्रम गरेका छन् । यस्तै वाम निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार त्रय डा. दिपक प्रकास भट्ट, मान बहादुर सुनार र प्रकास रावलले बेदकोट, भीमदत्त र महाकाली नगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा कार्यक्रम गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!