लोकतान्त्रिक गठबन्धनको जित आर्थिक समृद्धिको जित: थापा

Posted on: 01 Dec, 2017

मङ्सिर १५, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापाले लोकतान्त्रिक गठबन्धनको बिजयले मुलकलाई आर्थिक समृद्धितर्फ लैजाने दाबी गरेका छन् । 

मकवानपुरको गढि गाउँ पालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रियता, प्रजातन्त्र, बिधिको शासन र प्रेस स्वतन्त्रताको बिषयमा कुनै सम्झौता हुन नसक्ने बिचार ब्यक्त गरे । 

उपप्रधानमन्त्री थापाले २१ औ शताब्दीमा लोकतान्त्रिक ब्यबस्थाको बिकल्प हुनै नसक्ने दाबी गरे । सर्बसत्ताबादि चिन्तन र मान्यता जनतालाई स्विकार्य हुन नसक्ने उनको बिचार थियो । 

जनताको सपना र चाहना लोकतान्त्रिक ब्यबस्थामा मात्र सम्भब भएकोले आउदो निर्बाचनमा लोकतान्त्रिक गठबन्धनलाई नेपाली मतदाताले बिजयी गराउने बिश्वास ब्यक्त गरे । सो अबसरमा मकवानपुर -१ "क" का उम्मेदवार धर्म लामिछानेले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!