सिष्टम सिक्नु छ भने लोकसेवा आयोगवाट सिक्नुहोस: अध्यक्ष मैनाली

Posted on: 01 Dec, 2017

चिसाङ शेर्पा/मंसिर १५, खोटाङ । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सिष्टम सिक्नु छ भने लोकसेवा आयोगवाट सिक्नु पर्ने बताउनुभएको छ । 

बेरोजगरीको चर्को समस्या रहेको देशमा जहाँ कुनैपनि प्रणाली स्थापित भएन भनेर बितृष्णा फैलिरहेको बेलामा लोकसेवा आयोगले प्रणाली स्थापित गरेको स्मरण गराउँदै आयोगबाट सिष्टम सिक्न अनुरोध गर्नुभयो । 

शुक्रवार दिक्तेलमा लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा आयोगका अध्यक्ष मैनालीले निर्मित भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परिक्षा, ल्याब परिक्षाजस्ता काम गर्न सहज बनाउने र जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतिकको रुपमा रहने बताउनुभयो ।


संबैधानिक निकायमा लोकसेवा आयोग सबभन्दा पुरानो संबैधानिक निकाय रहेको तथा त्यसको साख घुम्न नदिन पाठ्क्रम, परिक्षा प्रबिधि परिवर्तन र आयोगलाई प्रबिधिमैत्री बनाउँदै युवाहरुको अटुट आस्था, मिहेनतलाई कदर गर्न लोकसेवा आयोग रहेकोे बताए । वेलावेलामा सामान्य फोहोरका छिटाहरु आउने बाहेक लोकसेवा आयोगमा कुनै समस्या नरहेको पनि प्रष्ट पार्नुभयो । 

सगरमाथा अञ्चल आयोगले २०४५ साल असार ३० गते दिक्तेलका राम कुमारी सैंजु, तुलसीराम आचार्य र मनराज आचार्यको ६ रोपनी १ दाम जग्गा खरिद गरी २०६७ सालदेखी कागजी प्रक्रियासंगै भवन बनाउन थालेको थियो । २०७० असार ११ गते दिवा निर्माण सेवा प्रालि सातदोबाटो नामक निर्माण कम्पनीबाट आयोगले भवन जिम्मा लिएर कामकाज गर्दै आईरहेको थियो ।

सगरमाथा अञ्चलभित्र कर्मचारी पदपुर्ती गर्नका लागि २०२४ सालमा स्थापना भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय आफ्नै भवन नहुंदा ४६ वर्ष भाडामा बस्दै आएको थियो । २ करोड ६३ लाख ६६ हजार ९५२ रुपैयाँमा निर्माण सम्पन्न भवन ४ वर्षपछि उद्घाटन गरिएको हो । 

समयमा अनुकुलता र प्राविधिक कारणले औपचारिक उद्घाटन ढिलाई भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय निर्देशक सुर्य कोईरालाले बताए । उनले भने, ‘भवन अभावमा यस अघि सानातिना परिक्षासमेत विद्धालयहरुमा गराउदै आएको आयोगले अब, आफ्नै भवनमा गराउँने छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!