कपिलवस्तुमा प्रहरी कार्यालय नजिकै बम विस्फोट, सुरक्षामा चुनौती

Posted on: 03 Dec, 2017

माधव बेल्वासे | मंसिर १७, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालीका चन्द्रौटामा रहेको वडा प्रहरी कार्यालय नजिकै बम विस्फोट भएको छ  । वडा प्रहरी कार्यालय देखि सय मिटरको दुरीमा राखिएको  कवाड सामाग्री भित्र लुकाएर राखीएको वम विष्फोट भएको हो । 

आइतवार दिउसो करिव ५ वजे तिर उक्त वम विष्फोट भएको हो । विष्फोटवाट कुनै क्षती नभएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव उपरिक्षक राज कुमार सिलवालले जानकारी दिनुभयो । 

वम कसले विष्फोट गराएको हो भन्ने वारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक झवीन्द्र भटराईले जानकारी दिनुभएको छ । कपिलवस्तुको विभिन्न स्थानमा लगातार चार दिनदेखी बम विस्फोट हुँदै आएको छ । शुक्रवार नयाँ शाक्तिका उम्मेदवार इलीयास मुसालमानको लक्षित गरी शिवराज न.पा - भगवानपुरमा बम विस्फोट भएको थियो ।  त्यस्तै शुक्रवार विजयनगर गाउपालिकाको कुकुर भूकवामा नेपाली कांग्रेसको घरदैलो प्रभावित पार्न बम विस्फोट गराइएको थियो । सनिबार कपिलवस्तुको पकडीका बम गठबन्धनको कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!