मकवानपुरका गाउँ-गाउँका मतदान केन्द्रमा सेना परिचालन

Posted on: 04 Dec, 2017

मङ्सिर १८, मकवानपुर । मकवानपुरका गाउँगाउँका मतदान केन्द्र नजिक पारेर नेपाली सेनाले सेना परिचालन गरिसकेको छ । 

बिशेषगरी भैसेको नयाँ सबुज गढका धेरै सेना मकवापुरको हेटौडा, थाहा नगरपालिका, बकैयाँ, बागमती, मनहरी, राक्सीराङ, कैलाश, कुलेखानी लगायतका गाउँपालिकामा परिचालन भईंसकेको नेपाली सेनाले जनाएइको छ । 

मङ्सिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनका लागि तेस्रो घेरामा रहने नेपाली सेना मतदान केन्द्र नजिक नजिकका स्थानमा पुगिसकेको जनाएको हो । 

चुनाबलाई स्वतन्त्र, निस्पक्ष र धादली रहित ढंगले सम्पन्न गर्नका लागि सेनाले पनि महत्वपुर्ण सुरक्षाका रुपमा काम गर्ने छ । अहिले पनि हेटौडा बजार लगायतका बिभीन्न गाउँपालिकाहरुमा नेपाली सेनाको पैदल गस्ति भईरहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!