मधेशी बिरोधी पार्टी नेपाली कांग्रेस नै हो: गुप्ता

Posted on: 04 Dec, 2017

इमरानखान/मङ्सिर १८, कपिलवस्तु । बामगठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ताले जनतामा भ्रम सृजना गरेर चुनाव  जित्न नसकिने बताएका छन । 

नेपाली कांग्रेसलाई इंकित गर्दै नेता गुप्ताले जनतामा जाँदा बिकासको मुद्धा लिएर जान सुझावसमेत दिए । सयुक्त बामगठबन्धनको यशोधरा गांउपालिकामा गरिएको आमसभालाई सम्बोधन गर्दै गुप्ताले आफुले एमालेको सदस्यता नलिएको तर एमालेसंग भएको समझौता अनुरुप मधेशको मागलाई सम्बोधन गरे आफु एमालेमा जाने बताएका छन् । 


बाम गठबन्धनको तर्फबाट मधेशको माग सम्बोधन भएमा कांग्रेस माप्त हुने गुप्ताको दाबि छ । सम्झौता अनुसार सुर्य चुनाव चिन्ह लिएर चुनावमा उठेका गुप्ताले बताए । 

आफुले गरेको कामको मुल्यांकन जनताले गरेकाले जति भम्र फैलाए पनि केहि फरक न पर्ने बताए । 

नेपाली कांग्रेसको कुनै पनि सभा वा कार्यक्रममा जनताहरु नजुटेको बताउदै उनले भने- नेपालको संबिधान नेपाली कांग्रेसकै पालामा बनेको हुँदा मधेशी बिरोधी पार्टी नेपाली काग्रेंस नै हो' ।

भारत र नेपालको सम्बन्ध सुरु देखिनै राम्रो भएको र बाम गठबन्धनको सरकार आएपछि पनि भारत र नेपालको सम्बन्ध झन राम्रो हुने उनको दावी छ  ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!