डोल्पाका गाउँपालिका कार्यालयमा नेकपाको झण्डा

Posted on: 04 Dec, 2017

टेक शाही/मङ्सिर १८, डोल्पा । डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीले आफनो झण्डा र साइनबोर्ड राखेको छ । 


दलाल बुजिबादी सँसदीय राज्यको बिरोध गरेको भन्दै गाँउपालिकाका कार्यालयमा सरकारका झण्डा तथा बोर्ड कुच्चाए आफना झण्डा राखेका छन । मुड्केचुला र जगदुल्ला गाँउपालिका कार्यालयमा नेकपाको झण्डा र गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएका ब्यानर राखिएका छन । 


स्थानिय सरकारका बोर्डहरु सबै तोडफोड गरि नेकपाको बोर्ड राखेको स्थानियहरुले जानकारि दिएका छन । नेकपाले गाँउपालिकाको कार्यालयमा झण्डा र बोर्ड राखेको भन्ने जानकरि पाएपछि प्रहरी जाँदा उनिहरुको बोर्ड र भण्डा नभएको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । 


उनका अनुसार गाँउपालिका बोर्ड भने तोडफोड गरिएका र कुच्चाएर फालिएका भए पनि बिप्लबको भण्डा र बोर्ड नभएको जानकारि आएको बताए ।

मँसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अति सम्बेदनशिल क्षेत्रमा राखिएको यि २ गाँउपालिकामा निर्वाचनका बेलामा भने कुनै पनि अपिृय घटान घटेनन । निर्वाचनका बेला कडा सुरक्षा भएकोले पनि शान्त रहेको जिल्ला सुरक्षा समितिको भनाइ रहेको छ । 


निर्वाचन सकिएको केहि दिन देखि मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा नेकपा बिप्लबले बिभिन्न खाले क्रियाकलापहरु बढाउदै गएको छ । सरकारले जनबादि सत्ताको बाधक बने जन संघर्षमार्फत प्रतिनिधिहरुलाइ जनकारवाहि गर्ने चेतावनी नेकपा स्रोतले बताएको छ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!