दाङलाई राजधानी बनाउन जनतासँगै रहेर आन्दोलन गर्न समेत पछि हट्ने छैनौं - रिजाल

Posted on: 04 Dec, 2017

  हरिप्रसाद रिजाल 

                       नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य  दाङ क्षेत्र नं. ३ का उम्मेदवार  

यही २०७४ मंसिर २१ गते प्रदेश र संघको निर्वाचन हुँदैछ । निर्वाचनमा होमिएका दल र उमेदवारहरु यतिबेला चुनाबी प्रचारप्रसारमा जुटेका छन् । सबै दलले मतदातालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । निर्वाचनमा दाङ क्षेत्र नम्वर ३ को संघमा नयाँ शक्ति पार्टीबाट युवा उमेदवार हरिप्रसाद रिजालले आँखा चिन्ह लिएर व्यापकरुपमा प्रचारप्रसारमा होमिनु भएको छ । प्रस्तुत छ, समाज सेवा, व्यवसाय, राजनीतिमा समेत दखल राख्नु भएका युवा नेता हरिप्रसाद रिजालसँग निर्वाचनको सन्दर्भमा रहेर साझासबाल डटकमका दाङ जिल्ला सम्पादक सन्तोषकुमार गुप्ताले गरेको कुराकानीको सारसंक्षेप - सम्पादक

सर्वप्रथम यहाँलाई साझासबाल डटकमको चुनावी भलाकुसारीमा स्वागत छ

धन्याद हजुरलाई पनि

तपाईलाई भोट दिने किन ?

म युवा हुँ । नयाँ युगको आवाज सुन्न र बुझ्न सक्छु ।  राजनीतिलाई पेशा होइन सेवामुखी बनाउन चाहन्छु । मसँग समाजको अवस्था बदल्न सक्ने दुरदृष्टि र योजनाहरु छन् । ममा समृद्धि र विकासको नेतृत्व गर्न क्षमता र आँट छ । आजसम्मको राजनीतिले युवालाई  घृणा जगायो । परम्परागत पुराना राजनीतिक दलहरुले राजनीतिलाई फोहोरी बनाए । म राजनीतिलाई सफा गर्न चाहन्छु । त्यसैले देशको समृद्धि र विकास, भावि पुस्ताको भविष्य उज्ज्वल देख्ने, भावि पुस्तालाई सुन्दर राजनीतिक संस्कार दिने इच्छा बोकेकाहरुले र यो देशमै आफ्ना छोराछोरी, बुहारी, नातीनातिनालाई आफ्नै काखमा देख्न चाहने आम मतदाताहरुले मलाई भोट दिनुहाला ।

तपाईले जित्ने आधार के ?

    मैले जित्ने आधार भनेकै मुख्य कुरा हुन् । त्यसमा पनि आजसम्मको परम्परागत राजनीतिक दल र तिनका नेताहरुले गरेका गलत राष्ट्रघाती जनतामारा क्रियाक्लापहरु जसले यो देशलाई संसारकै गरिब र खोक्रो बनायो । युवालाई व्यरोजगार र विदेश पलायन हुन बाध्य बनायो, रोजगारी सृजना गर्ने कार्ययोजना बनाएन । यीनै कारणहरुले गर्दा मैले यसको समाधान र विकल्पमा उमेदवारी दिएको छु । म सधैभरी समाज र जनताको सेवाका लागि लागेको छु र लागि परिरहन्छु । त्यस कारण मैले जित्छु । अहिले पनि मेरो क्षेत्रमा मैले ५ सय भन्दा बढि व्यक्तिहरुलाई रोजगारी दिएको छु भने प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मैले सिर्जना गरेका संघसंस्था र कम्पनीहरुबाट ४५ सय भन्दा बढि व्यक्तिहरुको आयआर्जन र जिविकोपार्जन गर्नुभएको छ । सधै देश र समाजलाई प्राथमिकतामा राखी, फोहोरी राजनीतिलाई सफा गरी राजनीतिबाट समाज सेवाका लागि मेरो उमेदवारी भएको हुँदा, मैले निर्वाचन जित्नेछु । मेरो उमेदवारी सत्ता, शक्ति, धन, डन र भ्रष्ट सिन्डिकेट राजनीतिका बिरुद्धको अभियान हो, सुशासन, सदाचार, समृद्धि र विकासका पक्षमा आँखामा मतदान भन्ने अभियानका साथ आएको हुँदा पनि मैले जित्दछु भन्ने आधार छ । 

निर्वाचन प्रचार प्रसारका क्रममा हुनुहुन्छ । मतदाताहरु के भन्छन् ?

    मतदाताहरुमा निकै ठूलो निराशा पाए । म पहिलो पटक चुनावको सन्दर्भमा जनताको बीचमा छु । जनताले नेता भन्दा घृणा गर्दा रहेछन् । हामी त अब कसैलाई भोटै हाल्दैनौ भन्छन् । चुनावको बेला मात्र नेता देखिएर सबै गर्छौ भन्छौ, तर आजसम्म केही गरेनौ भन्दै ठूलो अविश्वास र घृणा व्यक्त गर्दा म जस्ता राजनीतिलाई सेवा गर्न आएकाहरुलाई समेत जनतालाई बुझाउन कठिन बनाइएको रहेछ । 

त्यसो भए तपाईले के भनेर उनीहरुको चित्त बुझाउनु भयो त ?

    मेरो मानसिकतामा भ्रष्टाचार, कमिशन, समाजलाई ढाँट्ने, जनतालाई छल्ने, झुक्याउने उद्देश्य छैन । विश्वास गर्नुहोस्, अब नयाँ पुस्ताका युवाहरुले नै नयाँ युग र देशको नेतृत्व गरे मात्रै देश विकास हुन्छ र हामी र हाम्रा सन्तती सुखी हुने छौ. । अब कुनै पार्टीले जित्ने हार्ने भन्दा पनि देशले जित्ने हार्ने कुरा प्रमुख हो । आजसम्म हामीले भोट हालेर दल र तीनका नेताहरुलाई जितायौं, तर हामीले हा¥यौं, देशले हा¥यो, भावी पुस्ताले हा¥यो, हाम्रो भविष्यले हा¥यो, त्यस कारण अब मन र मत बदलेनौं भने अरु बिस पच्चीस वर्ष हाम्रो देशले हार्नेछ, हाम्रो पुस्ताले हार्नेछ, भविष्यले हार्नेछ र हामीलाई हाम्रा सन्ततीले सराप्नेछन् । अब दोष केबल नेता र पुराना राजनीतिक दलहरुलाई थुपारेर हामी उम्कन पाउँदैनौं । पटकपटक झुकिने, अनि भोलीबाट फेरि गाली गर्न थाल्ने यही गोलचक्करमा घुम्यौ भने अब दोष तपाई जनताको हुनेछ । त्यसैले बेलैमा मन बदलौं, आँखा खोलौ, र समृद्धि र विकासको नेतृत्व गर्ने योजना र खाका सहितको सक्षम उमेदवारलाई मतदान गरौं । 

यहाँको पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखामा कांग्रेसको समर्थनमा उठ्नु भएको छ । यहाँ किन तालमेल भएन ?

    गोरखामा तालमेलको सम्भव भयो, गोरखाका कांग्रेसहरुले राष्ट्रका लागि बाबुरामको आवश्यकता महसुस गर्नुभयो र त्यहाँ समर्थन भयो र तालमेल भयो । बाँकी ठाउँमा तालमेलको खासै बहस, छलफल र गृहकार्य नै हुन सकेन । त्यस कारण यहाँ तालमेल हुन सकेन । 

यतिबेला दाङलाई प्रदेशको राजनीति बनाउने भनेर अन्य उमेदवारहरुले भोट मागि रहेका छन्, यसमा यहाँको भनाई र योजना के छ ?

    हाम्रो पार्टी र मेरो व्यक्तिगत कुरा के हो भने, मैले यो भन्दा पहिले पनि सामाजिक मिडिया मार्फत पार्टीको धारणा राखेको छु । त्यो के हो भने हामी पाँच नम्वर प्रदेशको राजधानी दाङमै बनाउन प्रतिबद्ध छौं र यसको नाम पनि लुम्बीनी प्रदेश राखिनुपर्छ भन्ने कुरामा हाम्रो पार्टी र मेरो स्पष्ट धारणा रहँदै आएको छ र भोली पनि रहनेछ । हामीले अरुले जस्तो भोट माग्ने केवल सस्तो नारा बनाउन चाहँदैनौ । हामी यसलाई दृढतापूर्वक कार्यान्वय गर्ने सवालमा आवश्यक पर्दा जनतासँगै रहेर आन्दोलन गर्न समेत पछि हट्ने छैनौं । दाङलाई राजधानी बनाई सकेपछि दाङलाई प्रशासनिक केन्द्रकारुपमा विकास गर्ने र बुटवल, भैरहवा, लुम्बीनीलाई पर्यटन तथा व्यापारिक केन्द्रकारुपमा विकास गर्ने र नेपालगञ्ज, कोहलपुरलाई औद्योगिक शहरकारुपमा विकास गरी यो प्रदेशको सन्तुलित विकास गर्ने हाम्रो पार्टीको लक्ष्य छ । 

अन्तमा केही भन्नुछ की ?

    म आदरणीय मतदाताज्यूहरुमा सविनय निवेदन गर्न चाहन्छु कि, म समय, श्रोत, साधन र विभिन्न कारणले यहाँहरुको घरदैलोमा आउने चाहना राख्दाराख्दै पनि सकिन भने यहाँहरुले बुझि दिनुहुनेछ, र हाम्रोमा त आएन भन्ने गुनासो कृपया नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु र हामीहरुले आजसम्म आँखा चिम्म गरेर भोट हाल्यौ, हामीले हालेको भोटले व्यक्तिले त जित्यो, तर हामीले हालेको भोटले सधैभरी हारेको छ । हाम्रो देशको प्रमु दुश्मन गरिबी र व्यरोजगारी हो । आज गरिबी र व्यरोजगारीले जितेको छ । अब हाल्ने हाम्रो भोटले गरिबी र व्यरोजगारीलाई हराउनु छ । त्यसर्थ हाम्रो भोट देशका नदीनाला, कलकारखाना, बिक्री गर्न सदुपयोग गरियो, लाखौ युवाहरुलाई व्यरोजगार बनाई, विदेशिन बाध्य बनायो । हामी संसारकै गरिब र अपहेलित, अपमानित, स्वाभिमान गुमेका नागरिकको सूचीमा दर्ज गराउन प्रयोग भयांै। त्यसकारण अब पनि आँखा खोलेनौ भने अझै बिस, पच्चीस वर्ष यही दुर्दशामा हामी बस्न बाध्य हुनेछौं । त्यस कारण तपाईहरुले अब मन र मत बदलि आँखा खोली, समृद्धि र विकासको प्रतिक आँखा चिन्हमा मतदान गरी मलाई बिजयी गराउन हुन हार्दिक अनुरोध गर्दछु ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!