सर्लाहीमा छुट्टाछुट्टै दुई स्थानमा बम बिस्फोट, स्थानिय त्रसित

Posted on: 04 Dec, 2017

सरोज यादव/मङ्सिर १८, सर्लाही । सर्लाहीको छुट्टाछुट्टै दुई स्थानमा बम बिस्फोट भएको छ ।

जिल्लाको बागमती नगरपालिका अन्तर्गत कर्मैयामा अज्ञात समूह द्वारा सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार नरेन्द्र साहको प्रचारमा हिँडेको जिपलाई लक्षित गरी आज बिहान प्रेसर कुकर बम विस्फोट गराइएको छ ।

जिल्लाको बागमती नगरपालिका अन्तर्गत कर्मैया भन्दा तिन किलोमिटर दक्षिण  तर्फ गोडारी नदीको किनारमा करिब ७ बजे बिस्फोट गराईएको हो । विष्फोट हुँदा प्रचारमा प्रयोग भएको गाडी ना २ च २०१९ मा चालक मात्र भएको कारण कुनै किसिमका मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । 

त्यसै गरि, सर्लाही निर्वाचन क्षेत्र नं. २ को (ख) बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उमेदवार (तेस्रो लिङ्गी) महेन्द्र साह उर्फ राधा मौसीको घरमा पार्किङ गरि राखिएको एचबि १९ सि ९९७३ नम्बरको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार बिहान २ बजेको समयमा अज्ञात समुहले आगजनी गरेको हो । 

घर अगाडी पार्किङ गरि राखिएको अबस्थामा गाडीमा आगजनी भएको थियो । तेस्रो लिङ्गी उम्मेदवारलाई लक्षित गरि गाडीमा आगजनी गराउनु दुःखद भएको र दोषीलाई तत्काल पक्राउ गरि कानुन बमोजिम कारबाहिको माग गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!