कैलालीमा सहायक मतदान अधिकृतको मृत्यु

Posted on: 05 Dec, 2017

मङ्सिर १९, धनगढी । कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ । 

बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत हुनुहुन्थ्यो । 

मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस हुनुभएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याउने क्रममा बाटामै सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो ।  रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!