बसको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 05 Dec, 2017

मङ्सिर १९, झापा । यात्रुबाहक बसको ठक्करबाट आज झापामा एक बालकको मृत्यु भएको छ । 

पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नं बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका आठ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

तीव्र गतिमा आएको बसले पैदलयात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!