अछाममा प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको तयारी तिव्र

Posted on: 05 Dec, 2017

कमल रावल/मंसिर १९,अछाम । बिहिबार मंसिर २१ गते अछाम जिल्लामा हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको सम्पुर्ण तयारी तिव्र रुपमा अघि बढिरहेको छ । 

जिल्लाका १ सय ९७ मतदान स्थलका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ४ सय ६६ गरि अरु कर्मचारी पुगिसकेका छन । गत असार १४ को स्थानिय तहको निर्वाचन सम्पन्न पछी फोटो सहीतको मतदाता नामावलिमा नाम दर्ता गराएका मतादातामा नयाँ नामावली समेत वितरण भईरहेको छ । 

१९ र २० गते अर्थात आज र भोली मतदाता नामावलि वितरण कार्य भईरहेको अछामका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनु भयो । यस वर्ष थप ९ हजार बढी मतदातामा परिचय पत्र वितरण हुने भएको छ भने स्थानिय तहमा वितरण भएको परिचयपत्र बाट नै पुराना मतदाताले मतदान गर्न पाउने छन । 

परिचयपत्रसँगै मतदान गर्ने तरिका सिकाइने हुँदा सकेसम्म सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र लिन मतदान केन्द्र पुग्न उहाँले आग्रह गर्नु भएको छ । कुनै कारणवश व्यक्ति आफै परिचयपत्र लिन नपुगे परिवारका सदस्यले पनि लिन पाउनेछन् । 

यस्तै मतदाता नामावलीमा नाम भएका र मतदान गर्न योग्य व्यक्तिले मतदाता परिचय पत्र हराएको भए, परिचय खुल्ने सरकारी कागजात जस्तै लाईसेन्स, नागरिकता देखाएर पनि भोट हाल्न पाउनेछन् ।

 ९१ वडा रहेको अछाममा दुई निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाका लागि ५ जना र ४ प्रदेशका लागि ११ जना चुनावि मैदानमा छन । जसमा प्रदेशका लागि ४ र प्रतिनिधीका लागि २ जना सदस्य चुनिनेछन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!