मतगणना हुन १ दिनमात्र बाँकि हुँदा कालिकोट निर्वाचन कार्यालयले गारायो यस्तो जानकारी

Posted on: 06 Dec, 2017

दलसिंह गिरी/मंसिर २०, कालिकोट । प्रतिनिधी सभा र प्रदेश सभाको लागि पहिलोचरण यहि मंसिर १० गते भएको निर्वाचनको मतगणनाको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विहिबार बेलुका ५ बजेदेखि मतगणना शुरु गरिने गरी तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको जनाएको हो । मतगणनालाई सहज र चुस्त ढंगबाट सम्पन्न गराउन दल र उम्मेद्वार सहितको वैठकले मतपत्र वदरका संम्वन्धमा मान्ने हुने र मान्ने नहुने विषयमा निर्यण गरेको छ ।


मतगणनामा यो पटक प्रत्रकारलाई भने मतगणना स्थलमा प्रवेश गर्ने अनुमति नदिने तर मत गणना शुरु गर्दा केहि समय मात्र भित्र जानकारी र भिडियो डकुमेन्ट्री वनाउन र रिपोटिङमा केहि समय वस्न मिल्ने, अन्य समयमा बाहिरवाटै रिपोटिङ गर्न दिइने मुख्य निर्वाचन अधिकृत्र कृष्ण मुरारी सिवाकोटीले वताउनु भएको छ । बैठकमा मतगणना सम्बन्धी साझा सहमति तयार गरिएको अधिकृत सिवाकोटिले वताउनु भयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ जिल्ला अदालत भित्रै मतगणना गरिने कार्यालयले जनाएको छ । यतिबेला मतगणनास्थलमा सुरक्षा व्यवस्था समेत कडा पारिएको कार्यालयले जनाएको छ । 

गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको, त्यस्तै प्रतिनिधिहरुका लागि घेरबार लगाइएको अधिकृतले बताउनु भएको छ । अधिकृतका अनुसार प्रतिनिधि सभाका लागि एउटा कोठामा दुई ठाउँबाट र प्रदेश सभाका लागि छुट्टाछुट्टै गरी जम्मा ३ वटा कोठाबाट मतगणना गरिनेछ । मतगणनाको लागि एउटा समुहमा ६ जना गणक कर्मचारीहरु खटाइनेछ । अन्तिम नतिजा ३ दिनभित्र आइसक्ने अनुमान गरिएको अधिकृतले बताउनु भएका छ । 

प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ । ६४ हजार ९ सय ६१ मत दाता रहेको कालिकोटमा मतदान भने ४२ हजार ७ सय ४१ अर्थात ६५ प्रतिशत मात्र खसेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!