सर्लाहीमा मतदान हुँदै गर्दा गोली चल्यो, मतदान स्थगित

Posted on: 07 Dec, 2017

सरोज यादव/मङ्सिर २१, सर्लाही । सर्लाहीको फुलपरासीमा परहरीद्वारा ४ राउनड गोली प्रहार भएको छ । यहाँ गोली चलेपछि स्थिति अनियन्त्रित भएको छ ।

नेपाली कांग्रेसले फर्जी मत खसालेको आरोपमा राष्ट्रिय जनता पार्टीका प्रतिनिधि र काङ्ग्रेस बिच झडप भएको थियो । एक अपांग मतदाताको मतदान विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्ष आक्रमणमा उत्रिएबताइएको छ ।

सर्लाही क्षेत्र नं २ को  गौडेना गाउँपालिका –२ स्थित फूलपरासीको जनता मावि मतदान केन्द्रमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलाएको हो ।

दुई दलका कार्यकर्ताबीच झडप हुँदा तनाव भएपछि मतदान स्थगित भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थिति नियन्त्रणमा लिएर मतदान पुनःसञ्चालन गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!