सल्यानमा लगातार बम विष्फोट, प्रजिअ भन्छन- 'रोल्पाको सिमामा हो, असर हुदैन'

Posted on: 07 Dec, 2017

मंसिर २१, सल्यान । सल्यानको एउटा मतदान केन्द्रलाई लक्षित गरेर लगातार २० भन्दा बढि बम विष्फोट भएका छन ।     

सल्यानको बागचौर नगरपालिकाको वडा नं. ९ मा रहेको सुर्यप्रकाश आधारभुत विद्यालय कुइयापानीका मतदातालाई प्रभावित पार्नेगरि लगातार बम विष्फोट गराईको प्रहरी सहायक निरिक्षक जयराम बुढाथोकीले जानकारी दिएका छन । 

मतदातालाई तर्साउनेगरि पड्काइएको भइपनि मतदान स्थल भन्दा टाढा खोला पारिको जंगलमा भएकाले कुनै असर नपर्ने उनको भनाई छ । अहिलेसम्म पड्काएका बम कसले पड्काएको भन्ने कुरा नआएपनि सुतली बम हुनसक्ने प्रहरीले जनाएको छ ।  

घटनाका बारेमा बुझ्दा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाको सिमानामा पड्केका छन सल्यानमा कुनै प्रभाव पर्दैन । मतदाताको सुरक्षाका लागि थप शक्ति परिचालन गरिएको भन्दै उनले मतदातालाई कुनै असर नपर्ने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!