परिचय पत्र कब्जामा लिएपछि कांग्रेस-एमालेविच झडप, दुई घाइते

Posted on: 07 Dec, 2017

मंसिर २१, काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा मतदान भैरहेकाबेला कांग्रेस कार्यकर्ताले मतदाताको परिचय पत्र कब्जा गरेपछि एमाले र कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । झ्गड़पमा दुईजना घाइते भएका छन् । घाइतेको परिचय खुलेको छैन । 

उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ । 

कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् । झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!