सर्लाहीमा फेरी गोली चल्यो, स्थिति तनावग्रस्त

Posted on: 07 Dec, 2017

सरोज यादव/मङ्सिर २१, सर्लाही । सर्लाहीको धनकौलमा प्रहरीले ३ राउन्ड हवाय फायर गरेको छ ।  

मत हाल्ने विषयलाई लिएर काङ्ग्रेस र माओवादीका कार्यकर्ता बिच बिवाद हुदा झडप भएको छ । धनकौल गाउँपालीका वडा नम्बर २ स्थित गाउँपालिकाको भवनमा रहेको मतदान केन्द्रमा गोलि चलेको हो ।

काँग्रेसका कार्यकर्ता र  माओवादीका कार्यकर्ता बीच आफ्नो मतदाताको मत हाल्ने क्रममा झडप भएको थियो । झडपपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो । उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!