बझाङमा मत गणना सुरु, गणना स्थलमा परिणाम सुन्नेको घुइंचो

Posted on: 07 Dec, 2017

सम्राट सिंह/मङ्सिर २१, बझाङ । सांझ ठिक ५ बजेबाट बझाङ जिल्लाको मत गणना सुरु भएको छ । 

पहिलो चरण अन्र्तगत मंसिर १० गते यहां निर्वाचन भएको थियो । मत गणना सुरु हुनु अगावै गणना स्थलमा मत परिणाम सुन्नेको घुइचो लागी सकेको छ । 

जिल्ला पशु सेवा कार्यालयको नयां भवनमा मतगणना भैरहेको छ । मतगणना स्थलको नेपाल प्रहरी, ससस्त्र प्रहरीले सुरक्षा दिइ रहेका छन । मतपत्र सुरक्षाको लागी राजनितिक दलका कार्यकर्तालाई तार जालिको बार भित्र राखिएको छ । राती नेपाली सेनाले पनि मतदान स्थलको सुरक्षा गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले  जानकारी दिएका छन । 


प्रतिनिधी सभाको लागी एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधी सभाको मतपत्र  दुइ ठांउमा एकै पटक गणना भैरहेको छ । भने प्रदेश सभाको एक एक ठांउमा गणना भैरहेको छ । 

बझाङ जिल्लामा कुल ६६ हजार २ सय ७३ मत खसेको छ । प्रतिनिधी सभाका लागी ७ जनाको प्रतिश्पर्धा रहेको यस जिल्लामा प्रदेश क को लागी ६ जना र ख को लागी ४ जना उम्मेदवार प्रतिश्पर्धा रहेको छ । 

सम्भवत भोली सांझ सम्म प्रतिनिधी सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भैसक्ने र लगतै समानुपातिक तर्फको मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बांस्तोलाले जानकारी दिएका छन । 

बझाङको प्रारम्भिक मत परिणाम १ घण्टा भित्रै सार्वजनिक गरिने छ । मत परिणाम लाई प्रत्येक घण्टामा सार्वजनिक गर्नका लागी मतगणना स्थलमा लाउड स्पिकरहरु जडान गरिएको छ, । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!