मतदान सकिएलगतै विना मगरले दिईन् यस्तो प्रतिक्रिया

Posted on: 07 Dec, 2017

मङ्सिर २१, कञ्चनपुर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगरले मतदातालाई धन्यवाद दिँदै निर्वाचन परिणाम वाम गठबन्धनका उम्मेदवारको पक्षमा आउनेमा ढुक्क रहेको जनाएकी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदान अवधि सकिएलगत्तै आभार वक्तव्य जारी गर्दै उम्मेदवार बिना मगरले मतदान प्रक्रियालाई सफल बनाउन र मताधिकारको प्रयोग गरी उपयुक्त नेतृत्व चयनमा सहभागी हुने मतदातालाई धन्यवाद दिएकी छन् ।

 ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवारप्रति देशैभरि देखिएको विश्वास र आकर्षणले समृद्धिको सपना पूरा हुने निश्चितजस्तै देखिन्छ,’ आभार वक्तव्यमा लेखिएको छ, ‘कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा समेत निर्वाचनमा देखिएको शान्तिपूर्ण र उत्साहजनक सहभागिताले म लगायत वाम गठबन्धनका उम्मेदवार हर्षित भएका छौं । 

यो उत्साह, सहभागिता र समर्थनका लागि तपाईप्रति हामी आभारी छौं ।’ मतदाता र उम्मेदवार मतगणना र अन्तिम परिणामको पर्खाइमा रहेका जनाउँदै बिना मगरले मतगणना कार्यलाई स्वच्छ, मर्या्दित र शान्तिपूर्ण बनाउन सबैको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरेकी छन् ।

 ‘अन्तिम मतपरिणाम घोषणा भएपछि निर्वाचन प्रचारमा गरिएका प्रतिवद्धता अनुरुप कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को विकास र समृद्धिको खाका निर्माण र योजना कार्यान्वयनमा निरन्तर सक्रिय भइरहेको दोहो¥याउँदै पुनः तपाई सबै मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ आभार वक्तव्यमा लेखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!