यस्तो छ नुवाकोटको पछिल्लो मतपरिणाम

Posted on: 07 Dec, 2017

मङ्सिर २१, नुवाकोट । नुवाकोटमा पनि अहिले मतगणना जारी रहेको छ । 

पछिल्लो मतपरिणामअनुसार सो जिल्लाको क्षेत्र नम्बर १ मा गणना गरिएको २ सय मतमा नेपाली कांग्रेसका रामशरण महतले ९९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादी नेता हितवहादुर तामाङले पनि ९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका अर्जुननरसिंह केसीले १ सय २७ मत पप्त गरेका छन् भने वाम गठबन्धनका नारायणप्रसाद खतिवडाले १ सय ८५ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । त्यस्तै नुवाकोटकै प्रदेशसभातर्फका उम्मेद्वारहरुको पनि मतपरिणाम सार्वजनिक गरिएको छ ।

प्राप्त मतपरिणाम अनुसार क्षेत्र नम्बर १ अन्तर्गत कांग्रेसका प्रदेशसभा उम्मेद्वार महेन्द्र थिङले ७८ मत प्राप्त गरेका छन् भने वामगठबन्धका उम्मेद्वार राधिका तामाङले २ सय १३ मत प्राप्त गरेकी छन् । 

त्यस्तै, कांग्रेसकै तर्फबाट उम्मेद्वार रहेका प्रदेशसभा उम्मेद्वार रमेश महतले १ सय २९ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेद्वार बद्री मैनालीले १ सय ६१ मत प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!