हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता (मतपरिणामसहित)

Posted on: 07 Dec, 2017

मङ्सिर २१, हुम्ला । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । 

एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहनुभएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उहाँलाई पछ्यारहनुभएको छ । त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याउनुभएको छ । हालसम्म १३८ मत बदर भएको पाइएको छ । 

त्यस्तै एक हजार २७३ मतगणना हुँदा प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का दल रावलले ८६१ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका थानबहादुर रोकायाले ३१३ मत प्राप्त गर्नुभएको छ । 

नयाँ शक्ति पार्टी नेपालका धर्मराज ऐडीले २० मत प्राप्त गर्नुभएको छ र ७७ मत बदर भएको छ । प्रदेशसभा (ख) को शुक्रबार मात्र मतगणना हुने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!