प्रदेश ६ का मुख्य मन्त्री दाबेदारलाई मतपरिणाममै सकस

Posted on: 07 Dec, 2017

दलसिंह गिरी/मंसिर २१, कालिकोट । प्रदेश नं. ६ को मुख्यमन्त्री बन्ने दाउमा रहेका नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अहिलेका विनाविभागिय मन्त्री महेन्द्र बहादुर शाहीलाई यो न्यूज तयार पार्दा सम्म मतपरिणाममा सकस देखिएको छ । 

अहिले करिब सवा ९ बजे सम्मको मत परिणाम हेर्दा लोकतान्त्रीक गठबन्धनबाट उम्मेदार नेपाली कांग्रेस कालिकोटका पूर्व सभापती कालिबहादुर सहकारीको मत भन्दा झण्डै २ सय मतले पछि परेका छन् । एक त सहकारीकै गृह क्षेत्रबाट मत गणना भएका कारण भेगिए हिसावले सहकारीको मत अग्र स्थानमा रहेको हुन सक्छ ।


भेगिए हिसाबले शाही कै ब्रचस्व मानिने पलाता क्षेत्रमा भने मत गणना नभै सकेको अवस्थामा यसै परिणामका आधारमा अनुमान लगाउन भने सकिने अवस्था छैन । 

जिल्ला कै सबै भन्दा बढी जनसंख्या रहेको पलाता गाउपालिकामा खसेको मतको आधारमा अनुमान गर्नेहो भने यि दुई उम्मेदार विच बढीमा एक सय ५० को हाराहारीमा मतान्तर भै हारजित हुने सम्भावना देखिएको छ । 

अहिलेको मत परिणाम अनुसार कालिबहादुर सहकारीले ६ सय १३ मत ल्याएका छन् भने महेन्द्र बहादुर शाही ले ४ सय ५१ मत मात्र प्राप्त गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!