ओखलढुंगामा वामगठबन्धनका यज्ञराज र अम्बिरको सुरुआती अग्रता

Posted on: 07 Dec, 2017

पूर्णप्रसाद न्यौपाने । ओखलढुंगामा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । प्रदेश सभा क र संघिय प्रतिनिधिसभा तर्फको पहिलो चरणको मत परिणाम सार्वजनिक भएको हो । पहिलो चरणको मतपरिणाम आउँदा वामगठबन्धनका उमेद्वारहरु अघि छन् ।

संघतर्फ लिखु गाउँपालिका र प्रदेश तर्फ चिशंखुगढी गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो । प्रतिनिधि सभा तर्फ लिखुगाउँ पालिका १,२ र ८,९ को मत गणना सकिएको छ । जस्मा वाम गठबन्धनका उमेद्वार यज्ञराज सुनुवारले २०७८ मत ल्याएका छन् भने कांग्रेसका रामहरि खतिवडाले ९९३ मत ल्याएका छन् । त्यस्तै नेकपा मालेका उमेद्वारले ८१, संयुक्त जनगणतान्त्रिक मोर्चाले ९, जनमोर्चाले ७,नेपाल मङगोलियन अर्गनाईजेसनले ५,नयाँ शक्तिले ३ मत ल्याएका छन् । 

प्रदेश सभा तर्फ चिशंखुगढी गाउँपालिका बाट मतगणना सुरु गरिएको छ । अहिले सम्म गणना भएको चिशंखुगढी १ र ८ को मतपरिणाम अनुसार वामगठबन्धनका अम्बिरबाबु गुरुङले ९५६ र कांग्रेसका मित्रसेन दाहालले ४५५ मत ल्याएका छन् । त्यस्तै संघिय समाजवादी फोरमले १२ , संयुक्त जनगणतान्त्रिक मोर्चाले ८ र नयाँ शक्तिले ५ मत ल्याएको छ । 

मंसिर १० मा सम्पन्न निर्वाचनमा ओखलढुंगाबाट  ६४.३७ प्रतिशत मत खसेको थियो । कुल १ लाख २ हजार २ सय ५० मतदाता मध्ये ६५ हजार ८ सय २१ मतदाताले मतदान गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!