दार्चुला जिल्लामा ९५९ मतले पछी पार्दै बाम गठबन्धनको अग्रता

Posted on: 07 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २१, दार्चुला । एउटा प्रतिनिधिसभा र २ ओटा प्रदेशसभा निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा निर्धारीत समय बेलुकि ५ बजेदेखी मतगणना भइरहेको छ । 

पछिल्लो प्रारम्भीक मतपरिणाम अनुसार ५ हजार ६ सय ९१ मतगणना हुँदा लोकतान्त्रीक गठबन्धनका उम्मेदबार बिक्रम सिह धामी भन्दा बाम गठबन्धका उम्मेदबार गणेश सिह ठगुन्ना अगाडी रहेका छन ।  बाम गठबन्धनका उम्मेदबार ठगुन्नाले ३ हजार १ सय ९९ मत प्राप्त गर्दा काग्रेशका उम्मेदबार धामीले २,२४० मत प्राप्त गरेका छन् । यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको २३ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको ६४ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ४ मत प्राप्त गरेका छन ।  कुल १ सय २९ मतदान केन्द्र रहेको दार्चुला जिल्लामा अहिलेसम्म १२ ओटा मतदान केन्द्रको अन्तीम नतिजा सार्बजनिक भएको मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । यहि गतिमा मतगणना हुने हो भने ३ दिन सम्ममा दार्चुला जिल्लाको अन्तीम मतपरिणाम सार्बजनिक हुने अनुमान गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!