भारी मतान्तरले अगाडी लम्किने को हुन् रावत ?

Posted on: 07 Dec, 2017

दलसिंह गिरी/मंसिर २१, कालिकोट । प्रतिनिधि सभाका लागि कालिकोटबाट बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत आफ्ना प्रत्यासीलाई १ सय ५० मतले पछाडी पार्दै अगाडी लम्किएका छन् । 

अहिले जारी रहेको मत परिणाम अनुसार यो न्यूज तयार पार्दा सम्म बाम गठबन्धनबाट नेकपा माओवादीका केन्द्रका रावतले १ हजार १ सय ४२ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका उम्मेदार एवं नेपाली कांग्रेसका भुपेन्द्रजंग शाहीले ९ सय ९२ मत ल्याएर पछ्यायी रहेका छन् ।

को हुन् त रावत ?

रावत नेकपा माओवादी केन्द्रका जिल्ला इचार्ज एवं अहिलेको प्रतिनिधि सभाका लागि कालिकोटबाट बामगठबन्धनका साझा उम्मेदार रहेका छन् । शारीरिक रुपमा दुबै खुट्टाको जन्मजात अपांग रावत तत्कालिन माओवादीबाट संचालित १० बर्षे जनयुद्धका राजनीतिक योद्धाहुन् ।


युवा उमेरमै माओवादीको बैधानीक कार्यकर्ता भएर युद्धमा होमीएका रावत अधिल्लो सम्बिधान सभाको निर्वाचनको बेला उम्मेदारका लागि दाबेदार मानिएपनि पछि माओवादीको केन्द्रीय निर्णय अनुसार माओवादीका तत्कालिन जनमुक्ती सेनाका लडाकु कमाण्डर महेन्द्र बहादुर शाही प्रज्वल उम्मेदार रही विजय भएका थिए ।

यो पटकको प्रतिनिधि सभाको लागि उम्मेदार छनोटमा ठूलो सकस भएपनि अन्तत प्रतिनिधि सभाका मुख्य दाबेदार महेन्द्र बहादुर शाहीले प्रदेश सभाका लागि क्षेत्र नं. ख बाट उम्मेदार दिएपछि रावतले प्रतिनिधि सभाको उम्मेदारका लागि स्थान पाएका थिए ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!