दोलखामा बामकै अग्रता, प्रदेशसभामा माओवादी उम्मेदवारको १० गुणा मतान्तर

Posted on: 07 Dec, 2017

मङ्सिर २१, दोलखा | प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत यतिखेर दोलखामा मतगणना जारी छ | पछिल्ल्लो जानकारी अनुसार पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका अधिकांश स्थानमा बाम गठबन्धनले अग्रता लिईरहेको छ | 

दोलखाको अपडेट

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङ १३४५ मत सहित अग्रतामा छन् | उनलाई नेपाली कांग्रेसका उम्मेदवार रुद्र खड्का ७३२ मत सहित पछ्याई रहेका छन् |  

त्यस्तै दोलखाको प्रदेश सभा (क) को पछिल्लो ताजा मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले १२७० मत ल्याएका छन् भने नेपाली कांग्रेसका बर्मा लामाले १२२ मत पाएका छन् | 

त्यस्तै प्रदेश सभा (ख) को अपडेट अनुसार एमालेका उम्मेदवार पशुपति चौलागाईंले ८४५ मत पाएका छन् भने मालेका लालकुमार केसीले ३४३ मत र कांग्रेसका केशवराज चौलागाईंले २७७ मत पाएका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!