दार्चुलामा बाम गठबन्धनका उम्मेदवार ठगुन्ना २,१९१ मतान्तरले अगाडी (ताजा अपडेट)

Posted on: 08 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २२, दार्चुला । ताजा मतपरिणाम अनुसार दार्चुलामा ११ हजार ९ सय २ मतगणना हुदा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्ना, लोकतान्त्रीक गठबन्धनका उम्मेदवार बिक्रम सिह धामीभन्दा २१ सय ९१ मतान्तरले अगाडी रहनुभएको छ । बाम गठबन्धनका उम्मेदवार ठगुन्नाले ६ हजार ७ सय ३० मत प्राप्त गर्दा काग्रेशका उम्मेदवार धामीले ४ हजार ५ सय ३९ मत प्राप्त गर्नुभएको छ ।  

यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको ५४ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको १०१ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ४ मत प्राप्त गरेका छन । भने २ सय ६५ मत बदर भएको छ । 

यस्तै प्रदेश सभा क मा ३ हजार ७ सय ९ मत गणना हुदा बाम गठबन्धनका उम्मेदवार गेल्बुसिह बोहराको २१ सय ६०, नेपाली काग्रेशका मदन गिरीको १३ सय ९०, नयाँ शक्तिपार्टीका उम्मेदबार नन्दन सिह महरको १५, जनसमाजबादी पार्टीका उम्मेदबार मनोज दमाइ ३९ र राष्ट्रिय जनमोर्चाका मदन दमाइको सुन्य मत रहेको छ । भने ३९ मत बदर भएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर ख मा ३ हजार १ सय ७१ मत गणना हुदा बाम गठबन्धनका उम्मेदवार मान बहादुर धामी सन्तोषको १ हजार ७ सय १ र नेपाली काग्रेशका जगदिश बहादुर पालको १ हजार ३ सय ४७ मत प्राप्त भएको छ । यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार बहादुर सिह ठगुन्नाको १० मत, जनसमाजबादी पार्टीका उम्मेदबार हरीभान सिह ठगुन्नाको ३७ मत र स्वतन्त्र उम्मेदबार रघुबिर सिह ठगुन्नाको १५ मत प्राप्त भएको छ । भने ६१ म तबदर भएको छ । जिल्ला सदरमुकामस्थित कर्मचारी आवास भवनमा ४ स्थानबाट २४ सै घन्टा मतगणना जारी रहने मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!