दार्चुलामा बाम गठबन्धनका उम्मेदवार ठगुन्ना मतान्तर फराकीलो पार्दै

Posted on: 08 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । ताजा मतपरिणाम अनुसार दार्चुलामा ४० मतदान केन्द्रको १६ हजार ७ सय ७१ मतगणना भइसक्दा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्ना २६ सय ३३ मतान्तरले अगाडी रहनुभएको छ ।

बाम गठबन्धनका उम्मेदवार ठगुन्नाले ९ हजार ३ सय ८५ मत प्राप्त गर्दा काग्रेशका उम्मेदवार धामीले ६ हजार ७ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको ८८ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको १८९ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ११ मत प्राप्त गरेका छन । भने ३ सय ४६ मत बदर भएको छ ।

कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ६९.४० प्रतिषत अर्थात ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । दार्चुलामा अझै ८९ मतदान केन्द्रको झन्डै ३७ हजार ७ सय २२ मत गणना गर्न बाकी रहेको छ । 

अहिलेकै गतिमा मतगणना हुने हो भने अबको २ दिनभित्रमा दार्चुला जिल्लामा प्रतक्ष्यतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको अन्तीम नतिजा सार्बजनिक हुने अनुमान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!