खोटाङमा बाम गठबन्धन अगाडी, कांग्रेस पछ्याउदै

Posted on: 08 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन अगाडी रहेको छ । 

प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ६ हजार २ सय ४१ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ४ हजार ३ सय ८१ मत ल्याएकी छन् । लोतान्त्रिक गठबन्धन १ हजार ८ सय ६० मतले पछाडी रहको छ ।

प्रदेशसभा (क) राजन राइ प्रदेश २ हजार ९ सय १८, सुवास कुमार पोखरेल १ हजार ६ सय ९४ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । लोकतान्त्रिक गठबन्धन १ हजार २ सय २४ मतले पछाडी रहेको मुख्य निर्वाचन मृख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका राम कुमार राई पासाङ ३ हजार ४ सय ९१ र कांग्रेसका विष्णु कुमार राई १ हजार ९ सय ५० ल्याउदै बाम गठबन्धन भन्दा १५ सय ४१ मतले पछी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!