खोटाङमा बाम गठबन्धन भारी मतान्तरले अगाडी

Posted on: 08 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनसँग भारी मतान्तरले अगाडी बढीरहेको छ । 

विहीवार साँझ ७ बजेवाट शुरु भएको मतगणनाको भोलिपल्ट शुक्रबार बिहान ७: ३० बजेसम्म प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ७ हजार ९ सय ७६ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ५ हजार १ सय ७५ मत ल्याएकी छन् । 

बाम गठबन्धनसँग लोकतान्त्रिक गठबन्धन २ हजार ८ सय १ मतले पछाडी रहको छ ।

प्रदेशसभा (क) बाम गठबन्धन उम्मेद्वार राजन राइ प्रदेश ४ हजार ३७, सुवास कुमार पोखरेल २ हजार ५ सय ७६ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धन १ हजार ४ सय ६१ मतले पछाडी रहेको मुख्य निर्वाचन मृख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार राम कुमार राई पासाङ ४ हजार २ सय ७० र कांग्रेसका विष्णु कुमार राई २ हजार ५ सय २७ मत ल्याउदै बाम गठबन्धन भन्दा १ हजार ७ सय ४३ मतले पछी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!