यस्तो आयो गोरखाको पछिल्लो मतपरिणाम

Posted on: 08 Dec, 2017

मङ्सिर २२, काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । 

कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् । 

शुक्रबार बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् । 

भटराईले श्रेष्ठलाई ११३५ मतले उछिनेका छन् ।

यस्तै गोरखा १ को मतगणना हुदै गर्दा निकै कम मतान्तरले नेकपा माओवादी केन्द्रका हरि अधिकारी अगाडी छन् उनले ४ हजार ९ सय ३४ मत ल्याएका छन्, भने, नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठले  ४ हजार ७ सय ७२ मत ल्याएका छन् ।  मत गणना जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!