डोल्पामा बाम गठबन्धनको बिजयी सुरुवात

Posted on: 08 Dec, 2017

मङ्सिर २२, डोल्पा | डोल्पामा एमालेले प्रदेश सभा 'क' मा जित्दै बिजयी सुरुवात गरेको छ । यहाँ 'ख' प्रदेशको मतगणना जारी रहेको छ । 

प्रदेश 'क' अन्तर्गत बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढाले ५४९० मत ल्यायर बिजयी घोषित भएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार बेगम सिंह ठकुरी १२१३ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै हालसम्म बदर मत संख्या ८५ रहेको छ । 

त्यस्तै प्रतिनिधि सभा अन्तर्गत हामीलाई ८ बजेसम्म प्राप्त नतिजा अनुसार यहाँ एमालेका धन बहदुर बुढाले ४८५९ मत ल्याई फराकिलो मतान्तर बनाएका छन् यहाँ उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका अँगद कुमार बुढाको १८९५ मात्र आएको छ | त्यस्तै मालेका हर्क बहादुर ठकुल्लाले १३१ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!