गोरखा २ बाट आयो पछिल्लो मत परिणाम

Posted on: 08 Dec, 2017

मंसिर २२, गोरखा । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको अग्रता कायमै छ ।

अहिलेसम्मको मतगणनाअनुसार २२ हजार ५ सय ६८ मत गन्दा बाबुराम भट्टराई १६ सय मतले वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन ।

नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ३९ मत प्राप्त गर्नु भएको छ भने बाबुराम भट्टराईले ११ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । दुबै नेताले मतदान गरेको मतदास्थलको गणना पनि सकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!