एमाले उम्मेदवार रोकाया दोब्बर मतले विजयी

Posted on: 08 Dec, 2017

नन्दराम जैशी । जुम्लामा बाम गठबन्धनका उम्मेदवार पदम बहादुर रोकाया अत्यधिक बहुमतले विजयी हुनु भएको छ । 

जुम्ला निर्वाचन क्षेत्र नं ख सिंजाबाट बामगठबन्धन तर्फका एमाले उम्मेदवार रोकायाले अत्यधिक बहुमत प्राप्त गर्दै विजयी हुनु भएको हो । विजयि रोकायाले १० हजार ४ सय ५८ ल्याउनु भएको छ । भने उहाका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रीक गठबनधन तर्फ नेपालि कांग्रेसका उम्मेदवार भिमनिधि हमालले ५ हजार २ सय ८० मत प्राप्त गर्नुभएको थियो । 

निर्वाचन क्षेत्र नं ख बाट जम्मा खसेको १७ हजार ८ सय २६ मत मध्य १७ हजार २ सय ८२ मत सदर भएको छ । भने जसमा ५ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!