नुवाकोट १ मा रामशरण झन्डै १२ सय मतले पछाडी, अर्को क्षेत्रको हालत झन् खराव !

Posted on: 08 Dec, 2017

नुवाकोट, २२ मंसिर । नुवाकोटको दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता डा. रामशरण महतलाई माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका छन् । तामाङले ७ हजार ४३० मत प्राप्त गरेका छन् भने काँग्रेसका डा. महतले ६ हजार २५७ मतका साथ उनलाई पछ्याइरहेका छन् । यहाको मतान्तर १ हजार १७३ पुगेको छ ।

क्षेत्र नम्बर २ मा २ हजार ७३५ मतान्तर 

त्यस्तै क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धनले नै अग्रता राखेको छ । एमालेका नारायणप्रसाद खतिवडाले ९ हजार १५ मतका साथ अग्रता लिएका छन् भने नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले ६ हजार २८० मत ल्याएका छन् । यहाँ मतान्तर २ हजार ७३५ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!