ओखलढुंगामा मतगणना नसकिँदै विजय जुलुस सुरु

Posted on: 08 Dec, 2017

ङ्सिर २२,  ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुस सुरु भएको छ ।

प्रदेशसभा क तर्फका वामगठबन्धनका उमेद्जवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले जुलुस सुरु गरेका हुन् । 

वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले नेता गुरुङले १५५०५ पाउँदा नेपाली कांग्रेसका मित्रसेन दाहालले ९१०२ मत पाएका छन् । सिद्धिचरण नगरपालिका सहित चिशंखुगढी र मोलुङ गाउँपालिकाको मतगणना सकिएको छ । 

अहिले खिजीदेम्बा गाउँपालिकाको मत गणना भईरहेको छ । अब गणना गर्नबाँकी मत भन्दा गुरुङले अग्रता लिएको मत बढि भएकाले उनको जित निश्चित बनेको हो । खिजीदेम्बाको मतगणना सकिएपछि प्रदेशसभा क को मतगणना सकिने छ । 

प्रतिनिधि सभामा पनि कांग्रेसका रामहरि खतिवडा भन्दा एमालेका यज्ञराज सुनुवार अगाडि छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!