काँग्रेसका उम्मेदवार सहभागी नभएपछि पर्वतमा ढिला गरि मतगणना शुरु

Posted on: 08 Dec, 2017

पर्वत  । पर्वत जिल्लामा शुक्रबार ढिलो गरी मतगणना शुरु  भएको छ । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु ढिला गरी सहभागी भएपछि मत गणना कार्य प्रभावित भएको हो ।

दिउँसो २ बजे मत गणना कार्य शुरु गर्ने भनिएता पनि  उम्मेदवारहरुकै कारण बेलुका साँझ ६ बजेबाट मात्रै शुरु भएको हो ।

प्रदेशसभा २ र प्रतिनिधिसभा १ रहेको पर्वत जिल्लामा दुवै तर्फको मत गणना कार्य शुरु भएको छ ।

मतगणना स्थल वरपर सुरक्षा व्यवस्था निकै प्रभावकारी बनाइएको छ ।  कुल मतदाता १ लाख ७ हजार ३ सय मतदाता रहेको पर्वतमा ६९ हजार ८ सय ५३ मत खसेको थियो जुन । कुल संख्याको  ६५ं.१ प्रतिशत मत  हो ।

क्षेत्र नं १ मा ३९ हजार ३ सय ६१ र क्षेत्र न. २ मा ३० हजार ४ सय ९२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!