बैतडी प्रदेश ख मा एमालेका लीलाधर भट्ट जित्ने पक्का

Posted on: 08 Dec, 2017

नरी बडु/मंसिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा क्षेत्र रहेको बैतडी जिल्लामा बाम गठबन्धन अन्र्तगत नेकपा एमालेबाट उमेदबार बन्नुभएका लिलाधर भट्टले जित्ने पक्का भएको छ । 


जम्मा ३८ हजार २ सय ३६ मत खसेको यस प्रदेशमा ३२ हजार भन्दा बढी मत गनिसक्दा भट्टले १७ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दि राप्रपाका गणेशबहादुर चन्दले १२ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!