दार्चुलामा बाम गठबन्धन जित नजिक (पछिल्लो मत परिणामसहित)

Posted on: 08 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा बाम गठबन्धन करिब जित नजिक पुगेको छ । 

कुल ५४ हजार ४ सय ९७ मतदाताले मतदानमा सहभागिता जनाएको दार्चुला जिल्लामा हालसम्म ४४ हजार ८ सय ५ मत गणना भइसकेको छ । १ सय २९ मतदान केन्द्र रहेको दार्चुलामा प्रतिनिधिसभा अन्तरगत १ सय ६ मतदान केन्द्रको अन्तीम मत परिणाम सार्बजनिक हुदासम्म बाम गठबन्धनका साझा उम्मेदबार गणेश सिह ठगुन्ना ६ हजार बढी मतान्तरकासाथ अग्रस्थानमा रहनुभएको छ ।

अहिलेसम्म वाम गठबन्धनका गणेशसिंह ठगुन्ना (सूर्य) २४ हजार १ सय ४० मत प्राप्त भएको छ । भने निकटम प्रतिद्वन्द्वी कांग्रेसका विक्रम सिह धामी (रूख)ले १७ हजार ९ सय ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । भने प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६८ मत बदर भएको छ ।

त्यस्तै दुईवटा प्रदेशसभा मत गणनाको मत परिणामअनुसार प्रदेशसभा ’क’मा १४ हजार ४ सय ८९ मत गणना भएको छ । जसमा वाम गठबन्धनका उम्मेदवार गेल्बु बोहरा (सूर्य) ७ हजार ८ सय ५२ र प्रतिद्वन्द्वी कांग्रेसका मदन गिरी (रुख)ले ५ हजार ८ सय ८६ मत प्राप्त गरेको छ ।

त्यसैगरी प्रदेशसभा ’ख’मा १४ हजार ६ सय ९५ मत गणना भएको छ । जसमा वाम गठबन्धनका मानबहादुर धामी (हसिया हथौडा)ले ७ हजार ४ सय ७९  र उनका प्रतिद्वन्द्वी कांग्रेसका जगदीश पाल (रुख)ले ६ हजार १ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।

अब २३ मतदान केन्द्रको मतगणना भएपश्चात प्रतिनिधिसभाको अन्तीम नतिजा सार्बजनिक हुनेछ । भने प्रदेश सभा क मा ३४ र ख मा २२ मतदान केन्द्रको मतगणना भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!