नवलपुर-१ मा हेभीवेट कांग्रेस नेता शशांकले कति मत पाए ? (ताजा अपडेट)

Posted on: 09 Dec, 2017

मङ्सिर २३, काठमाडौँ | नवलपुर १ मा मतगणना जारी छ, यहाँको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ ।

तश्विरमा: शाशांक कोइराला 

यहाँ प्रतिनिधिसभा सदस्यमा नवलपरासी (पूर्व ) निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाले २९२४ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भविश्वर पराजुलीले १२४४ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

झन्डै तेब्बर मतका साथ अग्रता लिएका शशांक बिपी कोइरालाका छोरा हुन् । यस अघिका निर्वाचनमा समेत नवलपरासीबाटै जित्दै आएका कोइरालाले यस पटक पनि जिते भने ह्याट्रिक पुरा गर्ने छन्  । 

तश्विरमा: बाम गठबन्धनका उम्मेदवार भविसोर पराजुली  

त्यस्तै बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भविसोर पराजुली शशांकसँग प्रतिष्पर्धामा छन् । उद्योगपति बिनोद चौधरीको साथ पाएका र पहिले पनि जित्दै आएका शशांकको लागि नवलपुर १ जितको लागि सम्भावित क्षेत्र हो भने भ्रष्टाचार बिरुद्ध अभियान चलाएका बाम गठबन्धनका उम्मेदवार पराजुली नवलपुरका लागि नयाँ अनुहार हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!