माओवादीलाई तेश्रो सफलता: देवेन्द्र पौडेल झन्डै ९ हजार मतान्तरले बिजयी

Posted on: 09 Dec, 2017

मङ्सिर २३, वाग्लुङ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत वाग्लुङ क्षेत्र नम्बर २ बाट माओवादीलाई तेश्रो सफलता प्राप्त भएको छ । 

यहाँ माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले झन्डै १० हजार मतान्तरले बिजयी भएका हुन् । पौडेलले २८ हजार ८२७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी निरज पुनले १९ हजार ९०५ मत पाएका थिए ।

उनीहरुबीचको मतान्तर ८९२२ को मतान्तर रहेको छ । यस अघि माओवादी केन्द्रले रुकुम पुर्व र रुकुम पश्चिमका दुवै क्षेत्रमा क्लिकस्विप गरिसकेको छ । 

बाबुराम भट्टराईको दाइने हात मानिने पौडेल केहि समय अघि नयाँ शक्ति परित्याग गरि तात्कालिन एकीकृत माओवादीमा मिसिएका थिए, त्यस पछी १० घटकको एकता गर्दै माओवादी केन्द्र नामाकरण गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!