प्रधानमन्त्री देउवाको क्षेत्रबाट आयो नयाँ मत परिणाम, भट्टको पक्षमा २२६१ मत

Posted on: 09 Dec, 2017

मङ्सिर २३, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचन मतगणनामा निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना जारी छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो ।

यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अग्रता कायमै राकेह्का छन्  ।

अहिलेसम्म देउवाले ४४७५ मतले अग्रता लिंदैगर्दा वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले २२६१ मतका साथ देउवालाई पछ्याइरहेका छन् । 

प्रदेश तर्फ भने केहि बेर अघिको अपडेट अनुसार ‘क’मा एमालेका पठान सिंह बोहोराले २०२८ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ९९४ मत पाएका छन् । तर, 'ख'मा कांग्रेसका कर्णबहादुर मल्लको अग्रता छ । उनले १९६४ मत पाउँदा एमालेका डा. तारा जोशीले १००२ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!