धादिङ्ग २ मा अति रोचक बन्दै मतगणना, अहिले २९३ मतान्तर

Posted on: 09 Dec, 2017

अनिल अधिकारी | मङ्सिर २३, काठमाडौँ | धादिङ्गको २ प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर १ मा निकै फराकिलो मतले एमालेका भुमी त्रिपाठी बिजयी बन्दै गर्दा क्षेत्र नम्बर २ मा भने अन्तिम मतगणना जारी छ । यहाँ बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच निकै रोचक प्रतिष्पर्धा देखिएको छ | 

शुक्रबार रातिदेखि नेपाली कांग्रेसले उछिनेपछी एमालेका उम्मेदवार लोहनीलाई लयमा फर्कन मुस्किल झैं देखिएको थियो तर अहिले बाम गठबन्धननै अग्रतामा रहेको छ । 

पछिल्लो समय बामगठबन्धनले निरन्तर आफ्नो पक्षमा मत पाउँदा कांग्रेसका दिलमान पाख्रिन पछाडी परेका हुन् । 

ताजा मत परिणाम अनुसार यतिखेरसम्म नेकपा (एमाले)का उम्मेदवार खेमप्रसाद लोहनीले ३०८६१ मत ल्याएर सबैभन्दा अगाडि छन् भने नेपाली काँग्रेसका उम्मेदवार दिलमान पाख्रिनले ३०५६८ मत ल्याएर उनलाई पछ्याईरहेका छन् ।

पछिल्लो मत परिणाम आउनु अघिको मत परिणामलाई आंकलन गर्ने हो भने खेमप्रसाद लोहनी र दिलमान पाख्रिन बीचको मतान्तर १९२ थियो तर अब पछिल्लो मत परिणाम अनुसार उक्त मतान्तर बढेर २९३ पुग्दा बाम गठबन्धन केहि बलियो बनेको छ । 

यहाँ प्रदेशका चारै क्षेत्रमा बाम गठबन्धनले बिजय हाँशिल गरिसकेको हुँदा क्षेत्र नम्बर २ को मत घोषणाको आतुरमा मतदाता रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!